arrow

सुन्दरहरैंचा बन्यो भूमि आयोगसँग सम्झौता गर्ने देशकै पहिलो पालिका

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ पुष २५ आइतबार
sundarharaicha-bhumi-aayog.jpg

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकाले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेको छ । सुकुम्बासी समस्या समाधानका निम्ति राष्ट्रिय भूमि आयोगको तर्फबाट आयोगका अध्यक्ष केशब निरौला र सुन्दरहरैंचा नगरपालिकाका तर्फबाट नगरप्रमुख शिवप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

योसँगै अब सुन्दरहरैंचा नगरपालिकामा ६ हजार ७२ जना भूमिहीन सुकुम्बासीले धनी पुर्जा पाउने भएको नगर प्रमुख ढकालको भनाइ छ। शनिबार काठमाडौंमा एक समारोहबीच सम्झौता गर्नेमा देशकै पहिलो नगरपालिका रहेको ढकालले बताएका छन् ।

सम्झौता पत्रमा विघटित भूमि सम्बन्धी समस्या समाधान गर्न आयोग यस भन्दा अगाडि भएको सम्झौता बमोजिम शनिबार भएको सहमतिपत्र बमोजिम मानिने उल्लेख छ।

यसका लागि दुवै पक्षले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई वितरण र अव्यवस्थित बसोबासको ब्यवस्थापन गर्ने र जग्गाको पहिचान र छनोट गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ