arrow

कांग्रेस सिराहामा यादवको उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
ramchandra-yadav-siraha-congress.jpg

सिराहा । नेपाली कांग्रेस सिराहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् । 

उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका छन् । जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पूरा प्यानल विजयी हुने दाबी गरे । 

उनले भने, ‘पहिलो पटक ३ सय मतान्तरले विजयी भएको थिएँ । यसपटक अझ बढी मतले विजयी हुन्छु । यादव वर्तमान जिल्ला सभापति र पूर्वसांसद पनि हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ