arrow

इलाममा दुई सातामा दुई हजार जना बढीले रोजे कांग्रेस, नेम्वाङ र खनाललाई धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
congress-Ilam-prabesh.jpg

इलाम । प्रतिनिधि सभामा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेता सुवासचन्द्र नेम्वाङ र झलनाथ खनाल निर्वाचित हुँदै आएको इलामका दुवै क्षेत्रमा केही सातायता कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ ।

१४औं महाधिवेशनबाट इलाम सभापतिमा डम्बर खड्का विजयी भएपछि उनले पार्टी प्रवेश कार्यक्रमलाई अभियानका रुपमा चलाइरहेको बताए ।

‘बर्षौंसम्म कम्युनिष्ट पार्टीका जिल्लाबासी नेताहरु शासन सत्तामा पुगेपनि जिल्लाको समस्या र मागका बारेमा अनुदार बनेको साथै विजयी भएर गएपछि गाउँ नफर्किएको गुनासो नव प्रवेशीहरुको रहेको पाएँ,’सभापति खड्काले भने,‘कांग्रेसमा उहाँहरुले धेरै अपेक्षा गर्नुभएको छ । जिल्लाबासीको हरेक समस्यामा साझेदार बन्न कांग्रेस तयार छ । जिम्मेवारी र कर्तब्य पूरा गराउन म प्रतिवद्ध छु ।’

इलामका विभिन्न क्षेत्रबाट दुई सातामा करिब दुई हजार जनाले अन्य पार्टी परित्याग गरी कांग्रेसको सदस्य लिएको र पार्टी प्रवेश कार्यक्रम जारी रहेको सभापति खड्काले जानकारी दिए ।

सोमबार मात्र माइ नगरपालिका वडा नं ६ मा ६० घर परिवारका २५० जना कांग्रेसमा प्रवेश गरेका छन्  । माइनगर वडा नं ६ का सभापति पुर्ण बिक्रम लिम्बु (हेमु)सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका र माओवादी केन्द्रका रहेका छन् ।

त्यस्तै माइ नगरपालिका–७ मा पनि ५० घर परिवारका २०० जना एमालेसहित बिभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको पनि सभापति खड्काले जानकारी दिए । वडा सभापति दल बहादुर तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा धेरैजसो एमाले कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । संघीय समाजवादी र मंगोल नेशनल अर्गनाइजेसनका कार्यकर्ता पनि कांग्रेसमा आएका छन् ।

वडा नं १ मा ८० घर परिवारका २०० जनाले कांग्रेस रोजेका छन् । नव प्रवेशीहरुलाई सभापति खड्काले खादा ओडाएर स्वागत गरेका छन । कार्यक्रममा महासमिति सदस्यहरु श्याम खड्गी, चन्द्रमाया लिम्बु, माइनगर सभापति हेम बहादुर लिम्बु क्षेत्रीय सदस्य सन्तोष गोले तामाङ र माइका नेता तथा कार्यकर्ताहरुको समेत  उपस्थिति थियो । 

यसरी नै मंगलबार मात्रै पनि सूर्योदय नगरपालिका वडा नं ९ र इलाम नगरपालिका–४ मा समेत ५० परिवारका १८० जना कांग्रेसमा प्रवेश गरेका छन् । यसअघि माङसेबुङमा ४० घर परिवारका दुईसय जना कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै माइजोगमाइ–५ सोयाङका ६० घर परिवारका २५० जनाले नेकपा एमाले तथा माओवादी पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए भने इलाम नगरपालिका–८ का ५५ घर परिवारका २५० जनाले एमालेका परित्याग गरेका थिए । 

इलाममा बलियो मानिएको एमाले विभाजन भएसँगै त्यसको फाइदा कांग्रेसले लिंदै गएको छ । हालै सम्पन्न एमालेको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि कार्यकर्तामा तिक्तता छाएको छ । कम्युनिष्ट पार्टीहरुमा देखिएको विभाजन र अन्तर कलहका कारण आगामी चुनावमा कांग्रेसले प्रत्यक्ष फाइदा उठाउन सक्ने आकंलन गर्न थालिएको छ । कांग्रेसले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा आगामी चुनावसम्म नै जारी राख्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ