arrow

शरणार्थी पालिरहेका देशलाई सहयोग गर्न पाकिस्तानको आह्वान

logo
एएफपी,
प्रकाशित २०७८ पुष २८ बुधबार
pakistan-flag.jpg

इस्लामवाद । पाकिस्तानले शरणार्थी पालिरहेका देशलाई अन्तर्राष्ट्रिय समुदायबाट वृहत् सहयोग गर्नुपर्ने पाकिस्तानले बताएको छ । 

इस्लामवादमा युरोपेली देशहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै पाकिस्तानका विदेश सचिव सोहेल महमूदले अन्तर्राष्ट्रिय बोझ र जिम्मेवारी बाँडफाँडको सिद्धान्त अनुसार शरणार्थीलाई सहयोग गर्दै आएका देशहरूलाई अन्तर्राष्ट्रिय समुदायबाट ठूलो सहयोग हुनुपर्ने बताएका हुन् । 

विदेश सचिव सोहेल महमूदले ४० वर्षभन्दा बढी समयदेखि ३० लाखभन्दा बढी अफगान शरणार्थीहरूलाई बस्न दिएर पाकिस्तानले अटल प्रतिबद्धता र आतिथ्यको उजागर गरेको दावी गरे । 

उनले अफगानिस्तानमा शान्ति र स्थायित्वको सुदृढीकरण र मानवीय सङ्कट र आर्थिक पतनबाट बच्न आफ्नो देशबाट अफगानीहरूको सम्भावित पलायन रोक्न लामो समय लाग्ने पनि उनले बताए । 

आप्रवासन व्यवस्थापनको क्षेत्रमा सहयोग र सहकार्यका अवसरहरूको मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय आप्रवासन नीति विकास केन्द्रले आयोजना गरेको उक्त प्रतिनिधिमण्डल यतिबेला पाकिस्तानको अध्ययन भ्रमणमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ