arrow

स्याङ्जामा १६ महिने बालक साइमन गुरुङको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
hatya-murder.jpg

स्याङ्जा । स्याङ्जामा १६ महिने बालकको हत्या भएको छ । वालिङ नगरपालिका वडा नं. १० भकुन्डेमा आज दिउसो १ बजे बालक साइमन गुरुङको हत्या भएको हो ।

पर्वतको पैयूँ गाउँपालिका वडा नं. ५ का ३३ वर्षका जितेन्द्र गुरुङले छुरा प्रहार गरि बालकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको ।

प्रहरीले गुरुङलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
 
प्रहरीका अनुसार बालकको परिवार र बालक हत्यामा संलग्न गुरुङ एउटै घरमा बस्दै आएका थिए । गुरुङको मानसिक सन्तुलन ठिक नभएको हुन सक्ने प्रहरीको आशङ्का छ । 

प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार गुरुङको चक्कु प्रहारबाट बालककी आमा रनमाया गुरुङ पनि घाइते भएकी छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ