arrow

लागुऔषधसहित एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
Rohit bk.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक युवकलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १ भैरवचोक घर भई पोखरा न्यूरोड बस्ने १९ वर्षका रोहित विक रहेका छन् ।

उनको साथबाट लागू औषध डाईजापाम-१२१ एम्पुल, फेनारगन-१२१ एम्पुल र नर्फिन-१२१ एम्पुल गरी जम्मा ३६३ एम्पुल बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

विकलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ