arrow

पोखराका किरणको तनहुँमा हत्या, एक युवक पक्राउ

logo
हरि पन्त
प्रकाशित २०७८ पुष ३० शुक्रबार
Tanahunn.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं.  ८ का ३४ वर्षका किरणकुमार गुरुङको तनहुँमा हत्या भएको छ । बिहीबार बिहान तनहुँको व्यास नगरपालिका वडा नं ११ स्थित दरैपँधेरा नजिकै उनको हत्या भएको हो । 

गुरुङको टाउकोमा कोदालो प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए । उनी काठमाडौंबाट तनहुँ आएर साथीको घर जानै लाग्दा बाटोमै हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

यसैबीच गुरुङको हत्या आरोपमा व्यास नगरपालिका वडा नंं. ११ दरैपधेरा निवासी २३ वर्षीय पूजन तिवारीलाई पक्राउ गरिएको छ । 

डिएसपी खड्काका अनुसार गुरुङको हत्यापछि फरार भएका तिवारीलाई इलाका प्रहरी कार्यालय डुम्रेका प्रमुख एवं प्रहरी निरीक्षक प्रकाश भुषालको टोलीले तिवारीलाई पक्राउ गरेको थियो ।

बिहीबार दिउसो १ बजे डुम्रे बजारमा सवारी चेकजाँचका क्रममा तिवारी पक्राउ परेका हुन् ।

मृतक गुरुङको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ