arrow

संकटमा अर्थतन्त्र, मूल्यवृद्धि ७.११ प्रतिशत (पूर्णविवरणसहित) 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
nepal-rastra-bank.jpeg
तस्बिर– फाइल

काठमाडौं । देशको अर्थतन्त्र संकटमा परेको छ । अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिले देखाएको छ । 

आर्थिक वर्ष २०७८–७९ को मंसिर महिनासम्मको पाँच महिनाको तथ्यांकमा शोधनान्तर घाटा एक खर्ब ९५ अर्ब १ करोड रुपैयाँ रहेको छ । विदेशी विनिमय संचिति १० अर्ब ३ करोड अमेरिकी डलर रहेको छ । 

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको छ । आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको छ । 

मूल्यवृद्धि भने ७.११ प्रतिशत रहेको छ । अर्थात् उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रा स्फिति ७.११ प्रतिशत रहेको हो । 

गत वर्षको मंसिरमा मुद्रास्फिति २.९३ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ८.२५ प्रतिशत रहेको छ । 

गत वर्षको मंसिरको तुलनामा यो वर्षको मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ । 

यस्तो छ विवरण–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ