arrow

बन्दीपुर दुर्घटनाः कांग्रेस नेता न्यौपाने दम्पत्तिकै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
hari naupane.jpg

पोखरा । नेपाली कांग्रेसका नेता हरिबहादुर न्यौपाने दम्पत्तिको सवारी दुर्घटनामा ज्यान गएको छ । उनीहरुको गएराति बन्दीपुर गाउँपालिकाको वडा नं. ६ धरमपानी बाक्से हटियामा भएको जीप दुर्घटनामा मृत्यु भएको हो । 

दुर्घटनामा कांग्रेसका क्षेत्रीय प्रतिनिधि ५३ वर्षका हरिबहादुर न्यौपाने र उनकी धर्मपत्नी ४८ वर्षकी सुशीलादेवी न्यौपानेको मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा न्यौपाने दम्पत्तिसहित अन्य चार जनाको पनि मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ