arrow

सवारी दुर्घटनामा मजदूरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
accident-final-1618290232.jpg

नवलपुर । नवलपुरमा सवारी दुर्घटना हुँदा एक मजदूरको ज्यान गएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नं. ४ झाँक्रे निवासी २२ बर्षीय विवेक परियार रहेका छन् ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१७ टाँगीकोटमा ट्याक्टरबाट खसेर उनको ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय रजहरका अनुसार देवचुली-१७ टागीँकोटस्थित भित्री सडकखण्डमा ना३त १५३६ नम्बरको ट्याक्टरबाट खसेर परियारको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसी गम्भीर घाइते भएका परियारको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ