arrow

वडाध्यक्ष ब्राउन सुगर सेवन गर्दै गरेको अवस्थामा पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ माघ ४ मंगलबार
baijanath-gaupalika-drug-ward-president.jpg

नेपालगञ्ज । बाँकेमा एक वडाध्यक्षलाई ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामचरण थारुसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार ब्राउन सुगर खाने तयारी गरिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । थारुका विषयमा यसअघि पनि कयौं पटक उजुरी आइसकेको खनालले बताए ।

‘पलेंटी कसेर लागूऔषध ‘ब्राउन सुगर’ खाने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो’, उनले भने ‘उहाँका बारेमा पहिलेदेखि नै कम्प्लेन थियो ।’ पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी खनालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ