arrow

भारतीय नागरिक मृत फेला 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ माघ ४ मंगलबार
271723928_360030115493366_6967596502580178081_n.jpg

नेपालगञ्ज । नेपालगञ्जको वडा नम्बर  १२ मा एक जना भारतीय नागरिक मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । भारतको बहराइच घर भई लामो समयदेखि नेपालगञ्ज बस्दै आएका अन्दाजी ३०–३२ वर्षीय प्रेम पासी नयाँ बस्तीको दक्षिण तर्फको नाला नजिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

भारत घर भए पनि ८–९ वर्षदेखि नेपालगञ्ज १७ परशपुर आफन्तको घरमा बस्दै आएका पासी केही समयदेखि नयाँ बस्ती नाला नजिक बस्दै आएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

 मृतक पासीले अत्यधिक रक्सी सेवन गर्ने गरेको स्थानीयहरुले बताए । नयाँ बस्तीमा बस्दै आएका मृतक पासीलाई स्थानीयहरुले खानासमेत दिने गरेको भए पनि गए राति अत्यधिक रक्सी सेवन गरेर बाहिर चिसोमा सुतेका कारण चिसोले मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी बाँकेले जनाएको छ।  

मंगलबार बिहान ७ बजे पासी मृत भेटिएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको लागेको बाँके प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ