arrow

पर्वतमा सवारी दुर्घटना, एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
byke accident parbat.jpg

पोखरा । पर्वतमा सोमबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पर्वत महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङका ३८ वर्षीय प्रितम गुरुङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । 

पोखराबाट पर्वततर्फ आउँदै गरेको ग६प ५५७३ नम्बरको मोटरसाइकललाई बागलुङबाट बर्दिया जान आउँदै गरेको ग२ख १०१३ नम्बरको बसले मोदी गाउँपालिका वडा नं. ५ अम्वोट नजिकै ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ