arrow

बोलेरो दुर्घटनामा चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
accident-final-1618290232.jpg

सिन्धुपालचोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका ६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुको  सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । 

गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ