arrow

बागमती पुलको बीचमा टिपरले हान्दा सुनिलको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
accident-final-1618290232.jpg

सर्लाही । टिपरको ठक्करबाट सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली निवासी एक युवकको मृत्यु भएको छ । शुक्रबार बेलुकी ७ः१५ बजे पश्चिमबाट पूर्वतर्फ बा ८४ प ५९०८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका हरिवन नगरपालिका–५ निवासी ३५ वर्षीय सुनिल बम्जन पछाडिबाट आउँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । 

लगत्तै उपचारका लागि रौतहटको चन्द्रपुरस्थित चन्द्रपुर अस्पतालमा उपचार गर्दा गर्दै बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 

बम्जनलाई सर्लाही र रौतहटको सीमा बागमती नदीको पुलको बीच भागमै टिपरले ठक्कर दिएको थियो । बम्जनको टाउकोमा गहिरो चोट लागेको थियो । ठक्कर दिने टिपर र चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ