arrow

लागुऔषधसहित तनहुँका दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
pakrau9.jpg

नवलपुर । नवलपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बस्ने वर्ष २६ का सुजन शाही र तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. २ बस्ने २४ वर्षीया प्रविना रानामगर छन् ।

उनीहरु गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकैबाट पक्राउ परेका हुन् । भैरहवाबाट काठमाडौं जाँदै गरेको लु१ख ७८२३ नं. को बसमा जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । 

शाहीले बोकेको झोलामा लुकाइछिपाई राखेको अवस्थामा डाईजापाम ४४ एम्पुल, नुफिन ४४ एम्पुल, फेनरागन ४६ गरी जम्मा १३४ एम्पुल लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ