arrow

स्याङ्जामा २७ महिने बालिकाको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
Basudev dhakal.jpg

स्याङ्जा । स्याङ्जामा २७ महिनाकी बालिकाको हत्या भएको छ । हत्या हुने बालिका चापाकोट नगरपालिका वडा नं. ७ की सुविना ढकाल रहेकी छन् ।

सुविनाको हत्या आरोपमा सुविनाकै आफ्नै ठूलोबुबा वासुदेव ढकाल पक्राउ परेका छन् । प्रहरीका अनुसार वासुदेवले बालिकाको दुबै खुट्टा समाएर जमिनमा पछारेर अचेत बनाएर छाडेका थिए । 

अचेत बालिकाको रामपुर अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

डिएसपी अधिकारीका अनुसार ढकालले मदिरा सेवन गरेका थिए । उनले आवेगमा आएर बालिकालाई खुट्टामा समातेर पछारेको स्विकार गरेको प्रहरीको भनाइ छ । 

मृतक बालिकाको शवलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ