arrow

भारतको अबको राष्ट्रपति को ? यस्ता थिए अहिलेसम्मका राष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
rastrapati-bhawan-india.jpg

काठमाडौं । भारतमा अबको राष्ट्रपतिका लागि दौड शुरु भएको छ । आगामी जुलाई २५ तारिखमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सकिँदैछ । पाँच महिनापछि राष्ट्रपतिका लागि चुनावी प्रक्रिया शुरु हुनेछ । 

यसअघि बीजेपी र आरएसएसबीच आगामी राष्ट्रपतिका लागि आन्तरिक मन्थन शुरु भएको छ । उत्तरप्रदेश, उत्तराखण्ड, पंजाब, गोवा र मणिपुर विधानसभाको चुनावपछि राष्ट्रपतिका लागि नाम छान्ने गति बढ्ने बताइएको छ । 

अहिले बीजेपी र आरएसएसबीच चार नाममा चर्चा भइरहेको बताइन्छ । जसमा उत्तरप्रदेशकी राज्यपाल आनन्दी बेन पटेल, केरलका गभर्नर आरिफ मोहम्मद खान, कर्नाटकका राज्यपाल थावरचन्द गहलोत र उपराष्ट्रपति वेंकैया नायडूको नाम चर्चामा छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले यी बाहेक फरक नाम ल्याएर आफ्नै पार्टीभित्र ‘सरप्राइज’ समेत दिन सक्ने बुझ्न सकिन्छ । 

यसपटक आएका नाममा सबैभन्दा बढी चर्चा पटेलको छ । मोदी आनन्दी बेन पटेलसँग नजिक छन् । उनी उत्तर प्रदेशकी राज्यपाल हुन् भने गुजरात सीएम भइसकेकी छिन् । 

बीजेपीले महिलालाई राष्ट्रपति बनाएर सन् २०२४ भन्दा पहिले महिलालाई राष्ट्रपति बनाएर सन्देश दिन चाहन्छ । तर उनको उमेर ८० वर्ष नाघिसकेकाले राष्ट्रपति बन्ने सम्भावना कठिन रहेको बताइन्छ । 

केरल राज्यका राज्यपाल आरिफ मोहम्मद खान उत्तरप्रदेशको बलन्दहरका हुन् । उनले शाहबानो घटनालाई लिएर राजीव गान्धी सरकारमा केन्द्रीय मन्त्री पदबाट राजीनामा दिएर चर्चामा आएका थिए । 

उपराष्ट्रपति वेंकैंया नायडू आन्ध्रप्रदेशका हुन् । उनी लामो समयदेखि बीजेपीसँग जोडिएका छन् । उनी सन् २००२ देखि २००४ सम्म भाजपाका राष्ट्रिय अध्यक्ष भइसकेका छन् । उनी अटल बिहारी बाजपायी सरकारमा केन्द्रीय ग्रामीण विकास मन्त्री भइसकेका छन् । 

नायडू सन् २०१७ को अगस्तदेखि उपराष्ट्र छन् । 

वरिष्ठ पत्रकार प्रदीप सिंहका अनुसार नरेन्द्र मोदीको शैली भने सबैलाई अचम्म पार्ने खालको छ । त्यसैले यी आएका नामभन्दा फरक जान पनि सक्छन् । मोदीले जो चर्चामा छैन उसैलाई लिएर अगाडि आउन सक्ने पनि बताइन्छ । 

हालका राष्ट्रपति कोविन्द पनि अपत्याशित आएका थिए । उनलाई मोदीले कसैले पत्तो नपाउने गरी नै ल्याएका थिए । 

चर्चाका चार नाममध्ये पटेल महिला, खान मुस्लिम, नायडू दक्षिण भारतीय र गहलोत दलित हुन् । 

अहिलेसम्मका राष्ट्रपतिहरु कस्ताः
 मुस्लिम राष्ट्रपति– जाकिर हुसेन, फखरुद्दिन अली अहमद, एपीजे अब्दुल कलाम । 
दलित राष्ट्रपति – केआर नारायणन, रामनाथ कोविन्द ।
महिला राष्ट्रपति– प्रतिभा पाटिल ।
दक्षिण भारतीय राष्ट्रपति – डा. सर्वपल्ली राधाकृष्णन, वीवी गिरी, निलम संजीव रेड्डी, आर वेंकटरमन, केआर ।

उपराष्ट्रपतिबाट बनेका राष्ट्रपति– डा. सर्वपल्ली राधाकृष्णन, जाकिर हुसेन, वीवी गिरी, आर वेंकटरमन, शंकर दयाल शर्मा, केआर नारायणन ।
कार्यकालमै बितेका राष्ट्रपति – जाकिर हुसेन र फखरुद्दिन खली अहमद । 
कार्यवाहक राष्ट्रपति – जाकिर हुसेनको निधनपछि तत्कालीन उपराष्ट्रपति वीवी गिरीले कार्यबाहक र फखरुद्दिन अली अहमदको निधनपछि तत्कालीन उपराष्ट्रपति बीडी जत्तीलाई कार्यवाहक राष्ट्रपति दिइएको थियो । (भास्करको सहयोगमा)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ