arrow

उखुबारीमा छुट्टाछुट्टै खाल्डामा दुई पुरुषको शव फेला

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ माघ १४ शुक्रबार
police-search.jpg

मोरङ । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा छुट्टाछुट्टै खाल्डामा दुई जना पुरुषको शव फेला परेको छ ।

बुधबार उखु काट्न पुगेका किसानले उखुबारीभित्र खाल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुधबार नै बेलुका उत्खनन् गरेको एउटा खाल्डोबाट प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो ।

झण्डै ४० मिटरको फरकमा रहेको अर्को खाल्डोमा पनि शंका लागेर उत्खनन् गर्दा अन्दाजी २५ वर्षको जस्तो देखिने अर्को पुरुषको शव पनि फेला परेको छ । उखुबारी स्थानीय गंगा सिंहको हो । शव केही दिन अगाडिको हुनसक्ने मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले बताए । 

गाढेको अवस्थामा भेटिएको एक जना पुरुषको गोजिबाट सिमकार्ड र पर्स पनि फेला परेको छ । शव भेटिएको स्थानमा स्थानीय सर्वसाधरणको ठूलो संख्यामा उपस्थिति रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ