arrow

'केन्द्रको निर्णय अनुसार प्रदेशको गठबन्धन अगाडि बढ्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
kulprasad-kc.jpg

रोल्पा ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन् । 

सञ्चारकर्मीहरूसँग आज यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने बताए । “केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,” उनले भने । गलत धारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो । 
    
 नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिए । 

राष्ट्रिय सभा निर्वाचनका लागि दाङ हुँदै गृह जिल्ला रोल्पा आएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ