arrow

कास्कीका खनाल विदेशबाट आउने बित्तिकै पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
pakrau9.jpg

पोखरा । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा कास्कीका एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका वडा नं. ७ को ३१ वर्षीय मुक्ति खनाल रहेका छन् ।

प्रहरीको साइबर ब्युरोले उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ । 

खनाल आजै विदेशबाट स्वदेश फर्किएका हुन् । उनीमाथि वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जालमार्फत महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ । 

खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ