- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्की प्रहरीले पोखराको लेकसाइडबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका वडा नं. २१ बुधवारेका वर्ष २१ का सुमन रौतार थारू र पाल्पा रेब्दीकोट गाउँपालिका वडा नं. ८ सोमरका वर्ष २१ का सुमन रायमाझी रहेका छन् ।
सोमबार साँझ ५ बजे लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेका कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर १३.१०० ग्राम (तेह्र ग्राम सय मिलि ग्राम) बरामद भएको डिएसपी तिवारीले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई लागुऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।