arrow

बाँकेमा बालबालिकालाई आजदेखि मोडर्ना खोप लगाउन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
bake-vaccine.PNG

नेपालगन्ज । बाँकेमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

२०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई मोडर्ना खोप आजदेखि नेपालगन्ज उपमहानगरपालिकाका तोकिएका स्थानहरूमा पनि लगाउन शुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । 

बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूले तोकेका खोप केन्द्रहरूमा खोप लगाउन शुरु गरिएको छ ।आ-आफ्ना बालबालिकालाई तोकिएको विद्यालय तथा खोप केन्द्रमा लिई आज र भोलि खोप लगाउन सकिनेछ।

बाहिरी जिल्लामा अध्ययन गर्ने तर विद्यालय बन्द रहेका कारण बाँके जिल्लामै रहेका र विद्यालय नजाने बालबालिकाहरूलाई समेत उमेर खुल्ने जन्म दर्ता वा अन्य कागजातका आधारमा पनि खोप लगाइने भएकोले पायक पर्ने नजिकको विद्यालय वा खोप केन्द्रमा सम्पर्क गर्न स्वास्थ्य कार्यालय बाँकेले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ