arrow

युरोप लैजाने भन्दै इलाम र झापाका युवा ठगिए, २० लाख बढी रकम उठाएर पौडेल गायब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
new-money.jpg

इलाम। युरोपमा वैदेशिक रोजगारीमा लैजाने भन्दै झापाका एक युवाले इलाम र झापाका युवाहरूलाई ठगेको भन्दै पीडितहरूले गुनासो गरेका छन् । झापाको सुरूङ्गा-५ स्थायी ठेगाना भएको बताउने प्रदीप पैड्यालले युवाहरूलाई विदेश पठाउने भन्दै ३ लाख ५० हजार देखि १ लाख ५० हजार सम्म उठाएर तीन वर्षदेखि सम्पर्क बाहिर रहेको उनीहरूको गुनासो छ ।

तीन वर्ष अघि ३ लाख ५० हजार ऋण काढेर पौडेललाई बुझाएका इलामको सूर्योदय नगरपालिका ८ कजेनीका राम कुमार प्रधानले पहिले हंगेरी लाने भन्दै ८ लाख मागेको पछि त्यो ठाउँमा लान नसक्ने भन्दै स्टोनिया लाने भन्दै ३ लाख ५० हजार लिएको बताए । 

प्रधानको छिमेकमै आमाको नाममा जग्गा भएका पौडेलले छोरालाई विदेश लगिदिने भनेपछि विश्वासका भरमा सो रकम दिएको उनले बताए । प्रधानले भने, ‘मैले कुनै प्रमाण विनै धेरै रकम नगद नै दिए, आईएमइ मार्फत पठाएको केही रकम मात्रै प्रमाणको रूपमा राखेको छु ।’

उनले इलाम र झापाका युवाहरूको २० लाख भन्दा माथि रकम उठाएर पौडेल बेपत्ता भएको दावी गरे । पौडेलले नेपालमा आफुले मान्छे पठाउने देशको दूतावास नभएको भन्दै भारतको दिल्लीबाट प्रक्रिया अघि बढाउने बताउने गरेको प्रधानको भनाई छ ।

पैसा नपाउन्जेल पौडेलले रकम ढिलो पठाए काम रोकिने भन्दै रकम माग्ने गरेको पीडितको भनाइ छ । मेचीनगर नगरपालिका ६ का प्रदीप भण्डारीले पनि आफूबाट ३ लाख ५० हजार रूपैयाँ लगेको बताए । उनले पौडेले आफूहरूलाई ठगेर कतार भागेको बताए ।

इलामको माइजोगमाई गाउँपालिका ३ नाम्सालिङका नवीन कुमार श्रेष्ठले पौडेलले हंगेरीको छाला कम्पनीमा राम्रो काम लगाउने भन्दै एक लाख ५० हजार ठगेको बताए । उनले युरोपमा नपढेका मान्छेलाई पनि काम मिल्ने भन्दै रकम लगेको बताए । ३६ प्रतिशत व्याजमा ऋण काढेर पौडेललाई रकम बुझाएका उनी त्यही रकम तिर्न खेती किसानी गर्नु परेको बताउँछन् ।

सूर्योदय नगरपालिका १० रमितेका रामहरि प्रधानले पनि छोरालाई युरोपको राम्रो कम्पनीमा काम लगाउने आश्वासन पाएपछि १ लाख ५० हजार बुझाएको बताए । उनले भने, ‘मासिक एक लाख ५० हजार तलब दिने कम्पनीमा पठाउँछु भनेपछि एडभान्स स्वरूप १ लाख ५० हजार रूपैयाँ बुझायौँ ।’ उनका अनुसार रकम पाएको छ महिनासम्म सम्पर्कमा रहेका पौडेल अहिले सम्पर्क विहीन छन् ।

पौडेलले रकम पाएपछि ३ महिनामा काम हुने आश्वासन दिएको रामहरिले बताए । उनले रकम दिएपछि तीन महिनामा काम नभए रकम झिक्नु भन्दै नलेखिएको चेक थमाएका थिए । तर, छ महिना सम्म पनि प्रक्रिया जारी रहेको भन्दै आफूहरूलाई झुकाएको उनले बताए । 

पीडितहरूसँग उनले दिएको चेक र आफुले रकम पठाएको कागज मात्रै प्रमाण छ । पौडेलले आफ्नो मेनपावर कम्पनी काठमाडौँको एयरपोर्ट नजिक रहेको बताए पनि नाम समेत नबताएको पीडितले बताए । पौडेलले युवाहरूको राहदानी समेत आफ्नै कब्जामा राखेका छन् । पौडेल बेपत्ता हुनुअघि काठमाडौँको कालीमाटी ९ मा बस्ने गरेको पीडितहरूले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ