arrow

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी दुर्घटना, आमा-छोराको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
Accident mugling.jpg

पोखरा । मुग्लिन-नारायणगढ सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मुग्लिन-नारायणगढ सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा सवारी दुर्घटना भएको हो ।

मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका वडा नं. १ की नीशा वली ढुङ्गाना र उनका नौ वर्षीय छोरा निमेश ढुङ्गाना रहेका छन् ।

मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान र मुग्लिनतर्फ आउँदै गरेको लु२ख १७०१ नम्बरको टिपरसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

निमेशको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

निशाको माइतीतर्फको आमा राप्ती नगरपालिका-३ की धीरमाया वलीको अवस्था पनि गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी-१ का राजकुमार ढुङ्गानाको अवस्था मध्यम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ