arrow

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २२ शनिबार
accident-final_1618120153.jpg

नवलपुर । नवलपुरमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ का ४३ बर्षीय शिव भुसाल रहेका छन् ।

दुम्किबासको ज्यामिरे खोलाको बाटो भएर यात्रा गरेका भुसाल स्कुटरबाट दुर्घटनामा परेको हुन् । 

विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ मा लु४६प १९४३ नम्बरको स्कुटर दुर्घटना भएको हो । 

स्कूटर पल्टिएको ठाउँदेखि करीब ३० मिटर तल उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ