arrow

स्काभेटरमा आगजनीका दोषीलाई कारबाही गर्न बाँके प्रजिअलाई ज्ञापन पत्र बुझाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
banke-patra.PNG

नेपालगन्ज । बाँकेको राप्तीसोनोरी गाउँपालिकाका वडा नम्बर २ स्थित मसुरीबगरको लामाचौरमा गौरव रावलको स्काभेटरमा आगजनी गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाली कांग्रेसले बाँके प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ । 

प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेसले घटनालाई गम्भीर रूपमा नलिई दोषी पत्ता लगाउनतर्फ नलागे आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति, प्रदेशसभा (क) र (ख) तथा कोहलपुर नगर कार्यसमितिले संयुक्त ज्ञापन पत्र बुझाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । 

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, १ (ख) का सभापति बलराम शर्मा, १ (क) का सभापति लक्ष्मण थारु र कोहलपुर नगर सभापति वीरेन्द्र कुमार शाहद्वारा हस्ताक्षरित ज्ञापन पत्र आज प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको हो । 

ज्ञापन पत्रमा घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान गरी यथाशीघ्र दोषी पत्ता लगाई कानुन बमोजिम कारबाही, पीडित रावललाई तत्काल क्षतिपूर्ति र लामाचौरमा काम पुनः सुचारु गर्न सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ । 

"निशान विल्डर्सले नियम कानुनभित्र रहेर राजश्व रकम तिरी भण्डारण गरेर कार्यपालिकाबाट स्टक प्रमाणित समेत गरी राखेको नदीजन्य पदार्थलाई नियमानुसार उठाई लैजाने क्रममा राष्ट्रमुखी निर्माण सेवाको पार्किङ गरिराखेको भे. १ क ११११ नम्बरको स्काभेटरलाई माघ १८ गते राती साढे ९ बजे अज्ञात समूहद्वारा आगजनी भएको घटनाप्रति हामी खेद प्रकट गर्दछौँ," ज्ञापन पत्रमा भनिएको छ ।

यस्तो क्रियाकलापको निन्दा गर्दै कानुनी राज्यको महसुस दिलाउन प्रशासनको गम्भीर ध्यानाकर्षण गराइएको छ । यो घटनाको चौतर्फी निन्दा र भर्त्सना भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ