arrow

आफ्नो खेमाको भेलामा कमल थापाको एक्लो गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
kamal-thapa_(2)1.jpg
तस्बिर– फाइल

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला बसेको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार बसेको भेलामा उपाध्यक्षद्धय ध्रुबबहादुर प्रधान, बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी भएका थिए । 

महाधिवेशनमा पराजित भएपछि थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको भनी चर्चा गरिए पनि त्यस्तो भेला नभएको उपाध्यक्ष प्रधानले बताएका छन् । 

बैठकमा थापाले मात्रै सम्बोधन गरेका थिए । राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लिङ्देनले प्रतिबद्धता जनाएका छन् । 

तर अहिलेससम्म सम्बोधन नहुनु दुःखद भएको थापाले भेलालाई बताएका छन् । उनले आफूहरुलाई बाइपास गरेर लिङ्देनलाई अगाडि नबढ्न चेतावनीसमेत दिएका छन् । 

महाधिवेशनका बेलामा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको दाबीसहित थापा राजसंस्थाको विरुद्धमा उत्रिएका छन् । 

राप्रपाले पहिलेदेखि नै राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ