सरस्वतीको मूर्ति विसर्जन गर्न जाँदा मुस्लिम समुदायले गरे ढुंगामुढा, दुई प्रहरी घाइते
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
665
Shares
तस्बिर– सांकेतिक
रौतहट। सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा इशनाथ नगरपालिका ५स्थित लक्ष्मीनियाँ गाउँमा विद्यार्थीमाथि मुस्लिम समुदायले अवरोधको प्रयास गर्दै ढुंगामुढा गरेको छ । सोमबार श्रीपञ्चमीको पूजापछि विद्यार्थीहरूले सरस्वतीको मूर्ति सेलाउन जाँदा मुस्लिम समुदायका महिलाबाट अवरोध गर्दै ढुंगा हानिएपछि विवाद भएको हो ।
महिलाहरूले गरेको ढुंगामुढाबाट दुई जना प्रहरीलाई चोटपटक लागेको छ। मूर्ति लिएर मदरसाको अगाडिबाट जाँदा केही महिलाले ढुंगामुढा गरेको प्रहरीको भनाइ छ ।
उक्त क्षेत्रमा थप अप्रिय घटना नहोस् भनेर जिल्ला प्रहरी प्रमुख, सीडीओ साथै व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ।
हिन्दू समुदायको चाडपर्वको बेला त्यस क्षेत्रमा मुस्लिम समुदायबाट यस्तो गतिविधि यसघि पनि हुँदै आएको छ।