arrow

मलामी बोकेको जीप दुर्घटना, १२ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
jeep 2.jpg

पोखरा । कास्कीमा मलामी बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ भिँडाबारीमा जीप दुर्घटना भएको हो । 

अनन्त ठाँटीबाट मलामी बोकेर आउँदै गरेको ग१ज ६५१० नम्बरको जीप आज दिउसो सडकमा अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका १२ जनालाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ