arrow

सौता मारेको आरोपमा नारु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
pakrau9.jpg

वैतडी । बैतडीमा प्रहरीले सौताको हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका वडा नं. २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छन् ।

महरामाथि उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्या गरेको आरोप छ । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा महरालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी महराले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् ।

 उनको घाँटी र मुखमा चोट थियो । महराले घटना अघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ