arrow

किराँत धर्मगुरु आत्मानन्दलाई कांग्रेस इलामले अभिनन्दन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
aatmananda.PNG

इलाम । किराँत धर्मगुरु मुहिङगुम अङसीमङ लिङदेन आत्मानन्द सेइङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनलाई लारुम्बामा अभिनन्दन गरिने भएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समितिले इलामले आगामी फागुन ३ गते किराँत धर्म गुरुको क्षेत्र माङ्सेबुङको लारुम्बामा अभिनन्दन गर्न लागेको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ६८औं नुमाङगेन्ना तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६६औं नुमाङगेन्नाको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको कांग्रेस इलाम सभापति डम्बर खड्काले जानकारी दिए ।

खड्काका अनुसार ‘विश्वशान्ति तथा मानव एकता र सकल मानव प्राणी लगायत चराचर सृष्टि जगतकै रक्षार्थ’को लागि महान् अभियानमा मानव प्राणीमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किराँत धर्म, संस्कृति, भाषा, लिपी र साहित्यको प्रचार प्रसारमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै कांग्रेस इलामले नागरिक अभिनन्दन गर्न लागिएको बताए ।

खड्काका अनुसार किराँत धर्मको संरक्षण संवर्द्धन र प्रचार प्रसारमा सहयोग गर्ने बचनबद्धता सहित नेपाली कांग्रेस जिल्ला कार्यसमितिले इलामले यो कार्यक्रमको आयोजना गरेको बताएका छन् । अभिनन्दन समारोह सम्पन्न गर्न आवश्यक तयारी भइरहेको बताइएको छ । 

खड्का सभापतिमा निर्वाचित भएपछि विभिन्न काम गर्ने क्रममा नागरिक अभिनन्दको कार्यक्रम आयोजना गरिएको हो । खड्काले सभापति बने लगत्तै १ करोड मूल्य पर्ने जग्गा पार्टी कार्यालय निर्माणका लागि दिने निर्णय गरेर चर्चा बटुलेका उनले छोटो समयमा नै ५ हजार बढीलाई नेपाली काँग्रेसमा प्रवेश गराए सबैका लोकप्रिय नेताका रूपमा स्थापित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ