arrow

एमालेले सोमबार संसदीय दलको बैठक बोलायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
ncp-uml-party-head-office-hq-oli.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ। त्यसका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ।

गत वर्षमा २३ फागुनमा एमाले र माओवादी केन्द्री एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसला सुनाउने चार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा.आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले लागेको स्रोतले बतायो। उनीहरू विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर सुरु गरिएको बुझिएको छ। एमालेले सबै सांसदलाई काठमाडौँ बोलाइसकेको छ।

प्रधानन्यायाधीश जबराविरुद्ध काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव ल्याएपछि त्यसलाई काउन्टर दिन चार न्यायाधीशविरुद्ध महाअभियोग ल्याउन लागिएको हो। जबकि संसद्मा पाँच दलको गठबन्धन बहुमतमा भए पनि दुई तिहाइ बहुमत छैन। एमालेसँग पनि दुई तिहाइ बहुमत पुग्ने अवस्था नै छैन। कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ