arrow

अपशब्दले फसे मन्त्री आले, अपहरणको धम्की दिएको भन्दै राजीनामा माग, सचिवालयको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
prem-ale.jpg
तस्बिर– फाइल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकर्तालाई  उठाउने (अपहरण) गर्ने धम्की दिएपछि चौतर्फी आलोचना भएको छ ।

सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो  । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्र राजीनामाको माग उठेको छ ।

एमाले नेता डा. भीमबहादुर रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’ 

एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लील बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । 

यो संवाद एमाले कार्यकर्ता जगत ओलीको फेसबुकबाट सार्वजनिक गरिएको छ ।

यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दको प्रयोग भएकाले ती शब्द हटाइएको छ ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं ?’ 
युवाः इन्डियातिर छु’ 
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या हो त्यस्तो यार ?’
युवाः ‘हैन हजुर, हाम्ले पनि यस्तो आश गरेका थिएनौं के गर्नु ।’
मन्त्रीः कस्तो आश ?
युवाः तपाईंबाट यस्तो हुन्छ भनेर आश लाग्या थेन के ।
(मन्त्री आले आक्रोशित हुन शुरु गर्छन्)
मन्त्रीः भन् न तेरी मा.....तलाईं मैले के गरेको थिएँ ?’ 
युवाः के गरेको छु ? 
मन्त्रीः तलाई मा...त्यही ठाउँबाट उठाउँछु म, कुन ठाउँमा छस् भन त ?
युवाः आउन त यता आउ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा...भन त ठाउँ भन, मुम्बई कहाँ हो भन््, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा...
युवाः आउन आउ...आइजो न आइजो, त मुला बेसरम...तस्कर...
मन्त्रीः मुम्बई कुन ठाउँ होस् भन् त ?
युवाः तस्कर मुला... बेसरम, लाज छैन, तस्कर । मन्त्रीका लागि बेची खाने तस्कर’
मन्त्रीः जे पायो, त्यही लेख्छस् मा...कुकुर...तलाईं मा...कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर हाल्दिन्छु ।
युवाः मलाई ? तँ के गर्छस् भन न ?
मन्त्रीः तेरी मा...कहाँ छस भन् त ?
युवाः तँ...छोरा होस क्या, तँ चु...साले, मु... ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’
मन्त्रीः त मा...ट्वालेट सफा गर्छस् । का छोरा, मलाई सिकाउँछस् ? 
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
मन्त्रीः भन त तँ कहाँ छस् ? तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्ने जस्तो छस् ... ।
मन्त्रीः बम्बई कुन ठाउँमा छस्, भन त कुकुर... । 
युवाः बम्बई भन्या त पहिला तलाईं।।।अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ? 
मन्त्रीः तेरी मा...तेरो ठेगाना पठा त 
युवाः अधेँरी छुु, अधेँरी.... ।सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ।
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा...तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ । 

यस्तो छ मन्त्री आलेको सचिवालयको स्पष्टीकरण–
प्रेम आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का  नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन् । 

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आरेका छन् । 

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो । 

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रहसमेत गरेको छ ।  

नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लील शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त  गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ