arrow

जाइका नेपालको प्रमुख प्रतिनिधिमा अकिबु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
jica.png

काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ । 

यसअघिका प्रमुख युमिको आसाकुमाको कार्यकाल पूरा हुने बित्तिकै अकिबुलाई नेपाल प्रमुखमा नियुक्त गरिएको जाइकाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

यसअघि अकिबु जाइकाकै टोकियोस्थित प्रधानकार्यालयमा वरिष्ठ प्रतिनिधिका रूपमा कार्यरत थिए । 

सन् २०२१ देखि जाइका प्रवेश गरेका उनले नियोगका विभिन्न विभागमा रहेर काम गर्नुका साथै भुटान, म्यान्मा, कम्बोडियास्थित जाइकाको कार्यालयमा प्रमुखको भूमिकासमेत निर्वाह गरिसकेको विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा जाइका प्रमुख हुन पाएकामा खुसी व्यक्त गर्दै अकिबुले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’ लाई प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ