arrow

दमौलीमा सवारी दुर्घटना, दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
Accident damauli.jpg
तस्वीरः दमौली न्यूजबाट

पोखरा । तनहुँमा सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि पोखरास्थित चरक मेमोरियल अस्पतालमा ल्याइएको छ ।

घाइते हुनेमा व्यास नगरपालिका वडा नं. १० का १९ वर्षीय अर्जुन नेपाली र मोटरसाईकलको पछाडि सवार व्यास नगरपालिका वडा नं. १२ का २० वर्षीय मनोज नेपाली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको नाक, मुख र पेटमा चोट लागेको छ । 

मंगलबार दिउसो दमौली बजारमा काठमाडौं-बेनी चल्ने बा३ख ९५२९ नम्बरको माइक्रो र लु९प ३८२६ नम्बरको मोटरसाईकल एकापसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

घाइते दुवै मोटरसाइकलमा सवार थिए । घाइतेहरुको उद्धार गरि तत्काल रत्नहरि अस्पतालमा प्राथमिक उपचारपछि पोखरा ल्याइएको हो । चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटनामा परेका दुवै सवारी साधनको अघिल्लो भागमा क्षति पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ