arrow

यूएईमा सवारी दुर्घटना, पोखराकी जेनिशाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
jenisha Gurung.jpg

पोखरा । युनाईटेड अरब ईमिरेट्स (यूएई) मा मंगलबार सवारी दुर्घटनामा परी पोखराकी एक युवतीको ज्यान गएको छ । 

मृत्यु हुनेमा पोखराकी जेनिशा गुरुङ रहेकी छन् । उनको ठेगाना पोखरा खुले पनि पोखराको स्थान भने खुल्न सकेको छैन ।

उनी तीन वर्षदेखि नर्सको रुपमा यूएईमा कार्यरत थिइन् । आफ्नै साथीसँग दुबईबाट फर्कने क्रममा गुरुङ चढेको सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर घाइते भएका छन् । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

गुरुङको शव स्थानीय साकार अस्पतालमा राखिएको छ । मृतक गुरुङकी श्रीमान् हाल वैदेशिक रोजगारीकै क्रममा कतारमा कार्यरत रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ