arrow

किराँत धर्मगुरु आत्मानन्दलाई अभिनन्दन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
atmananada-lingden-.jpg

इलाम । किराँत धर्मगुरुलाई अभिनन्दन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा किराँत धर्मगुरु आत्मानन्द सेइङ र गुरुआमा पवित्राहाङ्मा लिङ्देनलाई अभिनन्दन गरिएको हो ।

किराँत गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा लारुम्बास्थित किराँत धार्मिकस्थलमा नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले अभिनन्दन गरेका हुन् । अभिनन्दन कार्यक्रममा संविधान सभा सदस्य नगेन्द्रकुमार कुमाल पनि सहभागी थिए ।  

सो अवसरमा धर्मगुरु आत्मानन्द सेइङले धन्यवाद दिए । किराँत धार्मिकस्थलमा यसअघि राजा वीरेन्द्र, ज्ञानेन्द्र शाह, प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, केपी ओलीलगायत आए पनि अहिलेसम्म उचित विकास हुन नसकेकोमा उनले दुःख व्यक्त गरे ।

धर्मगुरु आत्मानन्दले आगामी दिनमा माङ्सेबुङ गाउँपालिकाको सडक, विद्युत्, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षामा विकास गर्ने अपेक्षासमेत गरे । उनले समग्र इलामको विकास गर्नुपर्ने उल्लेख गरे । इलाम पूर्वको ऐतिहासिक देवभूमि भएकाले यहीँबाटै विकासको श्रीबिन्दु गर्नुपर्ने बताउँदै राजनीतिक दलले यसमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

कांग्रेस इलामका सभापति खड्कालेले किराँत धर्मको धार्मिकस्थल लारुम्बा र समग्र माङ्सेबुङ गाउँपालिकाको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ