- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको अध्यक्षमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवा निर्वाचित भएकी छिन् । महासंघको बुधबार भएको पाँचौ केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा डा. देउवालाई सर्वसम्मत चयन गरिएको हो ।
देउवा महासंघकी संस्थापक अध्यक्षसमेत हुन् । महाधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि डा. देउवाको टिम निर्विरोध चयन भएको हो । उनीसँगै १२ जना खुला सदस्य र ७ जना सातै प्रदेशबाट सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
खुला सदस्यमा दैलेखकी सीताकुमारी राना, नुवाकोटका विष्णुराज नेपाल, काठमाडौँका रविन्द्रबहादुर प्रधान, सुनिल श्रेष्ठ, काठमाडौंकै सुर्यकुमारी श्रेष्ठ, डोटीका प्रसिस महरा, बर्दियाका कृष्णजंग शाह, मोरङकी डा. डिला संग्रौला, नवलपुरकी ओमकला गौतम, चितवनकी शोभा रिजाल अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै प्रदेश सदस्यतर्फ प्रदेश नं. १ बाट मिना सुब्बा, मधेस प्रदेशबाट जयवीर शाह, बागमती प्रदेशबाट गंगालक्ष्मी अवाल, गण्डकी प्रदेशबाट ललितकला गुरुङ, लुम्बिनी प्रदेशबाट गोपालप्रसाद पन्थी, कर्णाली प्रदेशबाट रामजंग शाह र सुदूरपश्चित प्रदेशबाट मानबहादुर चन्द निर्विरोध निर्वाचित भएका हुन् ।