arrow

बालाजुमा बसले किच्दा दुई पैदलयात्रुको मृत्यु, चालकको खोजी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
dead2.jpg

काठमाडौं ।  काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडि आज बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ