arrow

'कम्युनिष्ट पार्टीहरूले वृद्धवृद्धालाई भत्ताको लोभ देखाएर कु-राजनीति गरे'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
damber-khadaks.JPG

इलाम । नेपाली कांग्रेस इलाम सभापति डम्बर खड्काले कम्युनिस्ट पार्टीहरूले झुटको खेती गरेर वृद्ध अवस्थामा रहेका अग्रजहरूलाई भत्ताको भ्रममा पारी कु-राजनीति गरेको तर्क गरेका छन् ।

कम्युनिष्ट पार्टीहरूले दिगो विकासको मुद्दामा भन्दा पनि ‘ललिपप’ किसिमका कार्यक्रम ल्याएर जनतालाई रणभुल्लमा पार्ने गरेको बताउँदै सभापति खड्काले वृद्धवृद्धा र दुःख-पीडामा परेको नागरिकहरूलाई आफुले सकेसम्मको सहायता गर्ने बचन दिए । उनले कम्युनिष्टहरुले ल्याउने लोकप्रिय कार्यक्रममा भन्दा पनि दिगो, जीवनोपयोगी साथै समाजवाद उन्मुख कांग्रेसको योजनामा विश्वास गर्न उनले आग्रह गरे । 

प्रजातन्त्र दिवसका अवसरमा ‘अग्रजलाई सम्मान युवालाई प्रोत्साहन’नारासहित इलामको माईजोगमाई-२ ले जेष्ठ नागरिक पार्टीका पूर्व सभापतिहरूका लागि आयोजना गरेको सम्मान कार्यक्रममा सभापति खड्काले उक्त धारणा राखेका हुन् ।

कार्यक्रममा ७० वर्ष उमेर समूह माथिका अग्रजहरूलाई दोसल्ला र सम्मान पत्र वितरण गरेर सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष तथा कांग्रेस जिल्ला सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा प्रदेश कार्यसमिति सदस्यहरू साथै गाउँपालिका नेतृत्वहरूको उपस्थित रहेको थियो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि दुर्गा बहादुर सुबेदीले प्रजातन्त्र प्राप्त भएको दिन वडा कार्य समितिले गरेको बृहत् सम्मान कार्यक्रम एउटा उदाहरणीय भएको बताए । यस्ता रचनात्मक कार्यले वृद्धहरूले आशीर्वाद दिने र युवाहरूमा जोश जागर समेत बढने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ