arrow

नेपाल सेमिफाइनल पुग्ने यस्तो छ समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
nepal-t-20-cricket.jpg
फाइल तस्बिर

काठमाडौँ। आईसीसी पुरुष टी-२० विश्वकप छनोट ‘ए’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ। दुई समूहका टोलीबीच दुई दुई खेल हुँदा प्रतियोगिताको सेमिफाइनल समीकरण थप रोमाञ्चक भएको हो।

ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टोली ग्लोबल छनोटमा स्थान बनाउने छन्। त्यसअघि सहभागी टोली शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्न सङ्घर्ष गरिरहेका छन्।

समूहको अन्तिम खेलमा जर्मनीले आयरल्यान्डको सामना गर्दै छ भने बहराइनले संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दै छ। यता, क्यानडा र नेपाल भिड्दा ओमानले फिलिपिन्सको चुनौती पछ्याउनेछ। समूह ए को खेलमा युएई सँगै बहराइन र आयरल्यान्ड सेमिफाइनल नजिक छन्। लगातार दुई खेलमा पराजित जर्मनी भने प्रतियागयताबाट बाहिरिएको छ। 

यता, नेपाल रहेको समूह ‘बी’ मा नेपालसहित क्यानडा र आयोजक ओमानको उत्तिकै सम्भावना रहेको छ। नेपालको उच्च सम्भावना रहँदा फिलिपिन्स भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ। समूहमा नेपाल दुई खेलबाट शतप्रतिशत जितसहित चार अङ्क बनाएर शीर्षस्थानमा छ। क्यानडा र ओमानको समान दुई अङ्क छ। रेट रनरेटका आधारमा समेत नेपाल बलियो स्थितिमा छ।

अब अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दै छ। भोलि (सोमबार) पौने ४ बजे सुरु हुने खेलमा नेपाल विजय भए अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ। यदि नेपाल पराजित भए पनि रनरेटमा बलियो स्थितिमा छ। यस्तो अवस्थामा झिनो अन्तरले पराजित भए पनि नेपाल सेमिफाइनलमा पुग्न सक्छ।

अर्को खेलमा ओमान र  फिलिपिन्स भिड्दै छन्। यस खेलमा समेत फिलिपिन्स विजयी भए नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ। यदि यो खेलमा ओमान विजयी भए र नेपाल पराजित भए यस्तो अवस्थामा रनरेट हेरिनेछ । रनरेटमा बलियो हुने दुई टोलीले सेमिफाइनल ढोका खेल्नेछन्। हार नेपालको रेटरनरेट ४ दशमलव ३७५ छ। क्यानडाको २ दशमलव ५१२ रहँदा ओमानको माइनस शून्य दशमलव ५६३ छ। कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ