कांग्रेस नवलपुरको सभापतिमा घिमिरेको उम्मेदवारी घोषणा
सन्जय भट्टराई
प्रकाशित २०७८ फागुन ८ आइतबार
801
Shares
नवलपुर । नेपाली कांग्रेस नवलपुरको सभापतिमा वर्तमान जिल्ला कार्यसमिति सचिव बालकृष्ण घिमिरेले उम्मेदवारी घोषणा गरेका छन ।
यहि फागुन १९ गते देखि सुरु हुने जिल्ला अधिवेशनमा आफुले सभापतिमा उम्मेदवारी दिने सामाजिक संजाल मार्फत घिमिरेले आधिकारिक घोषणा गरेका हुन ।
२०४७मा सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्य, २०५७ मा नेविसंघ जिल्ला सचिव २०६२ मा प्रजातान्त्रिक विचार समाजको संस्थापक जिल्ला सभापति, २०६५ मा प्रजातान्त्रिक विचार समाजको केन्द्रिय सदस्य, नेपाली कांग्रेसको ११ औं र १२ औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य, १३ औं महाधिवेशनमा जिल्ला सचीव बनेका घिमिरे जिल्लामा बौद्धिक नेताको रुपमा चिनिन्छन ।
नवलपुर टाईम्स सँगको कुराकानीमा घिमिरेले आफू जिल्ला सभापतिमा निर्वाचित भए तिनै तहको निर्वाचनमा पार्टीलाई विजय बनाउने दाबी गरे । जिल्ला सभापतिमा निर्वाचित भए स्थानीय, प्रदेश सभा र संघीय निर्वाचनमा आफुले उम्मेदवारी नदिने र पार्टीका उम्मेदवारलाई विजय गराउन पूरा शक्ति लगाउने घिमिरे बताउछ्न ।
केन्द्रिय महाधिवेशनमा पुस्ता हस्तान्तरणको मुद्दा उठेको र अधिकांश पदमा नयाँ पुस्ता आएकोले अब जिल्लामा पनि पुस्ता हस्तान्तरण हुन पर्ने बताउदै घिमिरेले नयाँ पुस्ताबाट पार्टीको नेतृत्व गर्न आफू सक्षम रहेको घिमिरेले बताए ।