arrow

इलाम उद्योग वाणिज्य संघ मंगलवारे शाखाको नेतृत्वमा रमेश श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
273957678_551910102475472_1197057367747371312_n.jpg

इलाम । इलाम उद्योग वाणिज्य संघ मंगलवारे शाखामा रमेश श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन भएको छ । आइतबार भएको मंगलवारे शाखाको छैटौं साधारण सभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको टिम सर्वसम्मत रुपमा चयन भएको हो । 

श्रेष्ठको टिममा प्रथम उपाध्यक्षमा गजेन सुब्बा, द्धितीय उपाध्यक्षमा विक्रम श्रेष्ठ, महासचिवमा सोम लुइटेल, सचिवमा अनिल नेपाल, कोषाध्यक्षमा गोविन्द कार्की निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यमा निरोज ढकाल, धर्मेन्द्र नेपाल, थिरकुमार बस्नेत, गणेश पराजुली, योगेन दहाल तथा महिला सदस्यमा रमिला श्रेष्ठ र सुजिना आचार्य निर्वाचित भएका छन् । 

अधिवेशनका अवसरमा शाखाको आफ्नै नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ । देउमाई नगरपालिका ४ स्थित तल्लो बुधवारेमा आफ्नै भवन बनाइएको हो । नवनिर्मित भवन प्रदेश १ का पूर्व कृषि तथा सहकारी मन्त्री राम राना तथा प्रदेश १ का उद्योग वाणिज्य महासंघका अध्यक्ष टीकाराज ढकालको उपस्थितिमा गरिएको हो । 

सो अवसरमा १० जनाको समूहमा रहेका ग्रामिक भेकका मानिसलाई ८० वटा कराई (एपोलो पेन्ट प्रालिबाट सहयोग), अपांगता भएका आठ जनालाई आठ वटा ह्विल चियर तथा ग्रामिण क्षेत्रका कृषकलाई तीन हजार दाम्लो वितरण गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ