arrow

रौतहट कांग्रेसमा सम्धी प्रतिस्पर्धी : को बन्ला सभापति ?

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ फागुन ९ सोमबार
rautahat-savapati-yadhav.jpg

रौतहट  । नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशन फागुन १५ गते आइतबार हुँदै छ । जिल्ला सभापतिमा २ कार्यकाल जिल्ला सचिव रहेका  हृदय नारायण यादव र संविधानसभा सदस्य सुनिल यादवको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । रोचक कुरा त के हो भने सभापतिका उम्मेदवार हृदयनारायण यादव र प्रदेश सभापति यादव नातामा सम्धी पर्छन् । 

मधेस प्रदेशका पार्टी सभापतिले सहमति गर्ने प्रयास गरेको भए पनि चुनाव नै हुने भएको छ ।  १५ गते हुने जिल्ला अधिवेशनमा दुबै जना आआफ्नो प्यानल सहित प्रचार प्रसारमा जुटेका छन् ।  

हृदयनारायण यादवको प्यानलबाट उप-सभापतिमा महताव आलम,सचिवमा सुमन गौतम र रामचन्द्र गिरी चुनावी मैदानमा छन् भने सुनिल यादवको प्यानलबाट हालसम्म सचिवमा सन्तु यादवको नाम चर्चामा छ । 

हृदयनारायण यादवलाई पुर्वमन्त्री अफ्ताब आलम,प्रतिनिधिसभा सदस्य देव प्रसाद तिम्सिनाको साथ छ । त्यस्तै उनलाई केन्द्रीय अधिवेशनमा मुस्लिम कोटाबाट सह-महामन्त्री पदमा उम्मेदवार रहेका परोहा नपाका मेयर सेख वकिल,क्षेत्रीय सभापति तथा वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवको पनि पूर्ण साथ रहेको छ । 

यता सुनिल यादवलाई मधेस प्रदेशका सभापति कृष्ण यादवको साथ रहेको बुझिएको छ ।

२ कार्यकाल सचिव पदमा रहेर कांग्रेस हाँकेका हृदयनारायण अनुभवी समेत छन् । उनलाई पार्टीका दिग्गज को समर्थन रहेका कारण सजिलै सभापति पदमा विजयी हुने आकलन चन्द्रपुर नगर सभापति मुकेश गिरीको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ