arrow

नेपाली महिला चरेससहित भारतमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
pakrau9.jpg

दार्चुला । लागूऔषध चरेससहित एक नेपाली महिला धारचुलामा पक्राउ परेकी छिन् । 

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले २ सय ७० ग्राम चरेससहित दार्चुलाको दुहुँ गाउँपालिका-५ कि ४० वर्षीया सरिता बडाललाई पक्राउ गरेको हो ।

आइतबार खलङ्गा पुलघाटबाट भारत जान लागेकी बडाललाई चेक-जाँच गर्दा उनको साथबाट उक्त परिणाममा लागु औषध चरेस बरामद गरिएको भारतीय सुरक्षा स्रोतले जनाएको छ । 

पक्राउ परेकी बडाललाई आवश्यक सोधपुछ गरी आवश्यक कारबाहीका लागि डिडिहाट बुझाइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ