एमसीसीको सैद्धान्तिक छलफलमा सहभागी हुने तर विरोध गर्ने : एकीकृत समाजवादी
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
461
Shares
फाइल तस्बिर
काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ।
आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफ्नो धारणा राख्ने तर पुर्ववत: मान्यता अनुसार संशोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ।
‘आजबाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तर, यसरी छलफलमा सहभागी भए पनि संशोधन बिना एमसीसी पारित गर्न हुँदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौँ।’ उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो ? त्यो संसद्बाटै थप जानकारी दिने योजना राखिएको छ।