arrow

सवारी दुर्घटनामा वडा अध्यक्ष कार्कीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
accident-final-1618290232.jpg

सुर्खेत । सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राति १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो ।
 
फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिदाँ वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए ।
 
टाउकोमा गम्भीर चोट लागेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको थियो । 

बिसं २०४८ सालमा जन्मिएका कार्कीले माओवादी केन्द्रबाट २०७४ सालमा वडा अध्यक्षमा विजयी भएको उनी भेरीगंगा नगरपालिकाको पार्टी सचिव रहेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ