-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुनसरी । सुनसरीको गढी गाउँपालिका-६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्र्याक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ ।
ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो । प्र१-०२-००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।