arrow

पाँच जना मारेको नरभक्षी पाटेबाघ नियन्त्रणमा 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ फागुन १८ बुधबार
274959195_1137574343657554_4892928374675666212_n.jpg

नेपालगञ्ज । बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलबाट बुधबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो । 

फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी जंगलबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । 
उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । 

बाघले पाडोलाई हिजो नै शिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताए । पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनामा बाघले पाँच जनाको शिकार गरिसकेको छ । धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए । नियन्त्रणमा लिइएको पाटबाघलाई अन्यत्रै लगिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ